फुङ्लिङमा आगलागी, ५ लाख बराबर क्षति

सहयात्रा टिभी

फुङ्लिङ । मंसिर २३, ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एउटा घरमा आगो लाग्दा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए ।

फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।

प्रकाशित : 9 December, 2023

प्रतिक्रिया दिनुहोस्