जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । मंसिर २५, जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि सोमबार बस्ने भएको छ ।

बैठकमा आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ ।

विशेषगरी राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयले जनाएको छ । बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने छ ।

प्रकाशित : 11 December, 2023

प्रतिक्रिया दिनुहोस्