ललितपुरमा फुटपाथ निषेध गरेपछि ईःले १०८ घण्टा उभिएर विरोध गर्ने

सहयात्रा टिभी

काठमाडौं काठमाडौं । मंसिर २५, ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेपछि अभियन्ता ईःले विरोध गर्ने भएका छन् ।

महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले ललितपुरमा पनि १०८ घण्टा उभिएर विरोध प्रदर्शन गर्ने भएका हुन् ।

सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिंदै ईःले बुधबार दिउँसो ३ बजेबाट पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय अगाडि उभिएर विरोध गर्ने भएका छन् ।

ललितपुरको सपना नमार्न भन्दै उनले साँझ-बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्नसमेत महानगरलाई आग्रह गरेका छन् ।

समावेशी विकास र सुशासन कायम गरिरहेको ललितपुरले फुटपाथमा व्यापार गर्नेहरुलाई निषेध गरेर सहरको आत्मा मार्ने काम नगर्न ईस्ले आग्रह गरेका छन् ।

 

प्रकाशित : 11 December, 2023

प्रतिक्रिया दिनुहोस्