नेप्से घट्यो तर कारोबार रकम भने पाँच महिनाकै उच्च
सहयात्रा टिभी
काठमाडौं । मंसिर २५, सोमबार कुल ४ अर्ब ८४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम पाँच महिनाकै उच्च हो ।
यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो । त्यसयता कारोबार रकम ५ अर्ब पुग्न सकेको छैन ।
उच्च कारोबारका बाबजुद पनि सेयर बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा १५.४० अंक घटेको छ । अघिल्लो दिन तीन पटक सर्किट लागेर बजार १११ अंक बढेको थियो ।
सोमबार कुल ८१ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो ।