एनएसएल फुटबल : आज बुटवल लुम्बिनी र झापा भिड्ने
सहयात्रा टिभी
काठमाडौँ । मंसिर २६, नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा बुटवल तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा झापा पहिलो जित निकाल्ने योजनामा छ ।
जारी लिगमा बुटवल ५ खेलबाट दुईमा जित, एकमा बराबरी र दुईमा हारसहित ७ अंक जोडेर तालिकाको पाँचौ स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा बुटवल शीर्षस्थानमा उक्लने छ ।
यस्तै, झापा तीन खेलमा बराबरी र एकमा हार बेहोर्दै ३ अङ्कका साथ आठौँ स्थानमा छ । पहिलो स्थानको ललितपुरको ९, दोस्रो स्थानको ८ अङ्क छ । मंसिर ८ गतेदेखि सुरु भएको लिगमा ९ टिम सहभागी छन् ।