सुनको मूल्य घट्यो चाँदीको मूल्य स्थिर

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २६, साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक लाख १६ हजार ३००, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १७ हजार रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो ।

 

 

प्रकाशित : 12 December, 2023

प्रतिक्रिया दिनुहोस्