नेप्से ३६ अंकले बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । मंसिर २६, सेयर बजारको परिसूचक नेप्से मंगलबार ३६.८६ अंकले बढेको छ ।
यो वृद्धिपछि नेप्से १९८५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम भने केही घटेको छ ।
सोमबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३० करोडमा खुम्चियो । कुल २१४ कम्पनीको मूल्य बढ्दा २४ को घट्यो भने ४ को स्थिर रह्यो ।
यस दिन सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.३ प्रतिशत बढ्यो । जीवन बीमा, फाइनान्स, जलविद्युत् समूह पनि ३–३ प्रतिशतभन्दा धेरै बढे ।