राष्ट्रपति पौडेलद्धारा संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २७, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरेका छन् ।

गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइसकेका छन् ।

 

प्रकाशित : 13 December, 2023

प्रतिक्रिया दिनुहोस्