दिनभरको उतारचढाव पछि नेप्से सामान्य बढ्यो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । मंसिर २७, दिनभरको उतारचढाव पछि नेप्से आज बुधवार सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६० अङ्कले बढेर १ हजार ९ सय ८८ दशमलव ०४ विन्दुमा पुगेको छ ।
आज होटल तथा पर्यटन, बीमा र व्यापारबाहेक अरू समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।