मन्त्रिपरिषदको बैठक आज बस्दै

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २८, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार आजको बैठक नियमित बैठक अन्तर्गतकै हो । बैठकमा सरकारबाट भइरहेका कामहरूको समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित : 14 December, 2023

प्रतिक्रिया दिनुहोस्