केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वास्थ्य बीमाको सुविधा थैलीबाट चार प्रकारका औषधि हटाइए

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २८, सरकारले स्वास्थ्य बिमा कार्यक्रम मार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधि ‘सुविधा थैली’ हटाएको छ ।

स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै ‘एम्पिसिलनि’ क्लोक्जासिलिन, सेफोपेराजोनर सल्बेक्टम, सेफोटेक्सिमर सल्बेक्टम, सेफोडक्सिम प्रोक्सिटिल एसिड औषधीलाई सिफारिस नगर्न अनुरोध गरेको छ ।

यी चारवटै एन्टिबायोटिक औषधि हुन् । औषधि व्यवस्था विभागको सिफारिस नगरिएका सूचीमा रहेका औषधि प्रयोग नगर्ने निर्णयानुसार सुविधाबाट हटाइएको बोर्डले जनाएको छ ।

 

 

प्रकाशित : 14 December, 2023

प्रतिक्रिया दिनुहोस्