सुनको मुल्यमा उच्च अंकले बृद्धि
सहयात्रा टिभी
काठमाडौँ । मंसिर २८, बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा झरेकोमा आज १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ ।
यसअघि १८ मंसिरमा सुनको मूल्यले अहिलेसम्मकै उच्च प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँको रेकर्ड बनाएको छ । त्यसयता बुधबारसम्म मूल्य घटेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य अकस्मात बढेपछि नेपाली बजारमा बिहीबार प्रभाव परेको महासंघको भनाइ छ । त्यस्तै