६ अंकको वृद्धिपछि नेप्से १९९४ विन्दुमा कायम
सहयात्रा टिभी
काठमाडौँ । मंसिर २८, बिहीबार सेयर बजारको परिसूचक नेप्से ६.५५ अंकको वृद्धिपछि नेप्से १९९४ विन्दुमा कायम भएको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब १५ करोडमा खुम्चिएको छ ।
कुल १४० कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने १० को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।