राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

सहयात्रा टिभी

काठमाडौं । मंसिर २९, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदैछ ।

मंसिर २२ गते सूचना जारी गर्दै निर्वाचन आयोगले मंसिर २४ देखि आज २९ गतेसम्म दल दर्ता गर्न भनेको थियो, जसअनुसार शुक्रबार कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्नेछ ।

शुक्रबारसम्ममा दर्ता गर्ने दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । आयोगका अनुसार नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी, नेमकिपा र जसपालगायतले दर्ताको निवेदन दिइसकेका छन् ।

प्रकाशित : 15 December, 2023

प्रतिक्रिया दिनुहोस्