केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जन्मघर पुग्दा केपी ओली…

सहयात्रा टिभी

तेह्रथुम । मंसिर ३०, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार तेह्रथुमको आठराईस्थित आफ्नो जन्मघरमा पुग्दा निकै हौसिए । त्यहाँ उनले बाल्यकालमा संगत गरेका साथीभाइसँग संवाद गरे । कसैसँग लाउडस्पिकरमा फोन गरे ।

८१ वर्षका तीलबहादुर गहतराजले केपी ओली ६ महिनाको हुँदा आमाको मृत्यु भएको र आफ्नै आमाको दूध खाएर हुर्किएको सम्झिए । ओलीले पनि तीलबहादुरका बारेमा भने, ‘म तीलबहादुर गहतराज दाइकै आमाको दूध खाएर हुर्केको । मलाई बाल्यकालमा उहाँसँगै स्कूल गएको सम्झना आयो ।’

शनिबार बिहानै चिया पिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै ओलीले भनेका छन्, ‘नमस्कार, शुभ बिहानी ! मेरो जन्मघर आठराई इवाबाट । चिसो धेरै छ । गाउँमा बिहानको तातो चिया ठूलो गिलासमा खानुको मज्जा बेग्लै छ। आज हाम्रो यात्रा तेह्रथुमबाट पाँचथर प्रवेश गर्ने छ।’

त्यसो त शुक्रबार राति पनि ओलीले फेसबुकमा पोष्ट गर्न भ्याएका थिए । उनले भनेका थिए, ‘जन्मघरबाट शुभरात्रि ! जन्मघर इवा पुग्दा बाल्य जीवनका रमाइला दिनहरूको खुब सम्झना भयो ।’

प्रकाशित : 16 December, 2023

प्रतिक्रिया दिनुहोस्