नारायणगढ–मुग्लिन सडकखण्ड पुस ७ देखि दैनिक चार घण्टा बन्द हुने
सहयात्रा टिभी
काठमाडौँ । पुस १, यही पुस ७ गतेदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ।

तुइनखोलामा पुल बनाउन भित्तो काट्नका लागि दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्न लागिएको हो।
पुस ७ गतेदेखि हरेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ।
करिब तीन साता दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्ने तयारी छ।


