पाकिस्तानविरूद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले ३६० रनको सानदार जित

काठमाडौँ । पुस १, पाकिस्तानविरूद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले ३६० रनको सानदार जित हात पारेको छ।
आइतबार पर्थमा चौथो दिनमै खेल जित्ने क्रममा ४५० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानलाई अस्ट्रेलियाले ८९ रनमै अलआउट गर्यो।
दोस्रो इनिङ्गग्समा पाकिस्तानका लागि साउद सकीलले सबैभन्दा बढी २४ रन जोड्न सके।
बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्क र जोश हजलउडले ३/३ विकेट लिए।
नाथान लियोनले २ विकेट हात पारे। २ विकेट लिएसँगै नाथान टेस्ट क्रिकेटमा ५०० विकेट पूरा गर्ने तेस्रो अस्ट्रेलियन बलर बने।