इजरायली सेना र हिजबुल्लाह समूहबीच गोली हानाहान

सहयात्रा टिभी

एजेन्सि । पुस २, इजरायल–लेबनान सीमामा फेरि गोलीबारी सुरु भएको छ । हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा गोलीबारी सुरू गरेको हो ।

हिजबुल्लाह समूहले सीमा नजिकै उत्तरी इजरायलको किबुट्ज हानिताको किनारमा इजरायली सेनालाई लक्षित गरेको र केही हताहत भएको बताएको छ।

यसले इजरायली सैनिकहरूद्वारा सञ्चालित चौकीमा दोस्रो आक्रमणको दावी पनि गरेको छ । इजरायली सेनाले जवाफ दिँदै लेबनानमा हिजबुल्लाह पूर्वाधारमा प्रहार गरेको बताएको छ।

युद्ध सुरु भएदेखि सीमामा झडपहरू जारी छन्, जसमा झण्डै १०० हिजबुल्लाह लडाकू र कम्तिमा १५ नागरिकको मृत्यु भइसकेको छ। तर हालसम्म, त्यस्ता गोली हानाहान धेरै हदसम्म सीमावर्ती क्षेत्र र सैन्य चौकीहरूमा मात्र सीमित छन्।

प्रकाशित : 18 December, 2023

प्रतिक्रिया दिनुहोस्