फरार अभियुक्त उपाध्यायलाई सीआईबीले अदालतमा बुझायो

सहयात्रा टिभी

काठमाडौँ । पुस २, प्रहरीले ठगी मुद्दाका फरार अभियुक्त कोमलराज उपाध्यायलाई अदालतमा बुझाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले इन्टरपोलको समन्वयमा पक्राउ गरेको उनलाई सोमबार कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

उपाध्यायले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्रालि खोलेर श्रीराम रानाभाटसहित ८३ जनालाई दुबईमा विभिन्न पदमा आकर्षक तलब दिने रोजगारीको प्रलोभन देखाई २ करोड ६३ लाख ५४ हजार ६१० रुपैयाँ ठगी गरेर फरार रहेका थिए ।

उनलाई खोज्‍न सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उपाध्यायलाई यूएईबाट पक्राउ गरेर मंसिर ३० गते नेपाल ल्याइएको थियो ।

 

 

प्रकाशित : 18 December, 2023

प्रतिक्रिया दिनुहोस्