त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम

सहयात्रा टिभी

काठमाडौँ । पुस २, त्रिभुवन विश्वविद्यालयले (गिनिज बुकमा)  विश्व रेकर्ड कायम गरेको छ ।

एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा गिनिज बुक अफ वर्ल्ड रेकर्डु ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो ।

यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड ले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुषाललाई विश्व रेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ ।

आजको दीक्षान्त समारोह अवलोकन गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्ड का प्रतिनिधि नेपाल आएका छन् ।

 

प्रकाशित : 18 December, 2023

प्रतिक्रिया दिनुहोस्