नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि

सहयात्रा टिभी

गण्डकी । पुस ३, नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आज सुरु हुँदैछ ।

सम्मेलनको केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि सभापति देउवालगायत केन्द्रीय नेताहरू पोखरा जाँदै छन् ।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए। सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने बताइएको छ ।

सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

प्रकाशित : 19 December, 2023

प्रतिक्रिया दिनुहोस्