सुनुवाइ समितिको बैठक बस्दै, न्यायाधीशहरुको नाम अनुमोदन गरिने

सहयात्रा टिभी

काठमाडौँ । पुस ४, संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज सिंहदरबारमा बस्ने बैठकले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनबारे निर्णय गर्नेछ ।


समितिले सोमबार प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकेको थियो । सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गते मंसिर ५ गते बसेको न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो ।

प्रकाशित : 20 December, 2023

प्रतिक्रिया दिनुहोस्