इंग्ल्याण्डले चौथो टी–२० मा वेस्टइन्डिजलाई ७५ रनले हरायो
सहयात्रा टिभी
काठमाडौं । पुस ४, इंग्ल्यान्डले चौथो टी–२० मा वेस्टइन्डिजलाई ७५ रनले हराएको छ ।
यो जितसँगै पाँच खेलको शृङ्खला २–२ को बराबरी भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले फिलिप साल्टको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ६७ रन बनाएको थियो ।
यो इंग्ल्यान्डले टी–२० मा बनाएको सर्वाधिक ठूलो योगफल पनि हो । साल्टले १ सय १९ तथा कप्तान जस बटलरले ५५ रन बनाए ।
लियाम लिभिङस्टोन ५४ रनमा अविजित रहे । जितका लागि २ सय ६८ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज १५ ओभर ३ बलमा १ सय ९२ रनमा अलआउट भयो ।