सामान्य प्रशासनले ३ दिनभित्र माग्यो नासु र खरिदारको रिक्त विवरण

सहयात्रा टिभी

काठमाडौं । पुस ४, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दिनभित्र नायब सुब्बा र खरिदारको रिक्त विवरण माग गरेको छ ।

मन्त्रालयले राष्ट्रिय किताबखाना र निजामती अस्पतालाई पत्र लेख्दै राजपत्र अनंकित प्रथम र दोस्रो श्रेणीका प्राविधिक र अप्राविधिक दुवै तर्फको रिक्त कर्मचारीहरुको विवरण माग गरेको हो ।

यस अगाडि लोकसेवा आयोगको काठमाडौं कार्यालयले १० मंसिरमा अदालत,आयोग, मन्त्रालय, विभाग लगायतसँग नासु र खरिदारको रिक्त पदको विवरण मागेको थियो ।

आयोगले रिक्त पदको लागि विज्ञापन हुनुभन्दा १५ दिन अगाडि नै विवरण बुझाईसक्नुपर्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो ।

 

 

प्रकाशित : 20 December, 2023

प्रतिक्रिया दिनुहोस्