सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका स्वीकृत

सहयात्रा टिभी

काठमाडौं । पुस ५, सरकारले सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्देशिका पारित गरेको हो । यो निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने एक मन्त्रीले जानकारी दिए ।

बिहीबारकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका दलित बाहेक अल्पसंख्यक जनजातिलाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय पनि गरेको छ । राष्ट्रियसभामा अल्पसंख्यकबाट पनि प्रतिनिधि चयन हुने व्यवस्था छ ।

 

प्रकाशित : 21 December, 2023

प्रतिक्रिया दिनुहोस्