पूर्व सांसद शाहलाई राप्रपाका थापाले उपाध्यक्ष बनाए

काठमाडौं । पुस ६, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम पूर्व सांसद गोविन्दबिक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनित गरेका छन् ।
शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्दै बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।
केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन् । राप्रपाका संस्थापक सदस्य शाह पछिल्लो समय नेकपा एमालेमा आबद्ध थिए ।