दुई मोडल मिस पवि र सिम्रन पन्तले फिल्ममा डेब्यु गर्ने
सहयात्रा टिभी
काठमाडौं । पुस ६, टिकटकबाट चम्किएका दुई मोडल मिस पवि (पवित्रा शाँकी) र सिम्रन पन्तले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ ।
सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’बाट यी दुई टिकटकरले डेब्यु गर्न लागेका हुन् ।
फिल्मको घोषणा गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यी मिस पवि र सिम्रनले टिकटकलाई धन्यवाद दिंदै फिल्ममा काम गर्न लागेको जानकारी दिए ।
अर्की टिकटकर सिम्रन पन्त यही फिल्मको लागि मुम्बईदेखि काठमाडौं आएकी छन् । टिकटकले दिलाएको लोकप्रियता देखेर निर्माताले फिल्ममा लिएकोप्रति उनले खुसी व्यक्त गरिन् ।
एक वर्षदेखि मुम्बईमा बस्दै आएकी सिम्रनले त्यहाँ नृत्य र अभिनय सिकेको बताइन् । दरबारको कथावस्तुमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, आँचल शर्मा, रमेश उप्रेती लगायतको अभिनय हुने जनाइएको छ ।