निर्वाचन आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन बुझायो

सहयात्रा टिभी

काठमाडौं । पुस ६, निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले सो प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार भएको बताए ।

उनले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने हुँदा आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।

 

प्रकाशित : 22 December, 2023

प्रतिक्रिया दिनुहोस्