अब नयाँ ढंगले कामलाई अगाडि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

सहयात्रा टिभी

काठमाडौं । पुस ६, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सधैं निरन्तरतामा क्रमभंगताको कुरा गरेको भन्दै अब नयाँ ढंगले कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

मोरङको मिक्लाजुङ–५ मा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले एक वर्ष पुगेको भोलिपल्टदेखि नयाँ ढंगले काम सुरु गर्ने बताएका हुन् ।

उनले सिंहदरबारमा विभिन्न मन्त्रालयहरुलाई बोलाएर उनीहरुका काम ठिक ढंगले भए नभएको बारेमा जानकारी लिएको समेत बताए ।

 

 

प्रकाशित : 22 December, 2023

प्रतिक्रिया दिनुहोस्