म्यानचेस्टर सिटीलाई क्लब विश्वकपको उपाधि

सहयात्रा टिभी

काठमाडौं । पुस ७, म्यानचेस्टर सिटीले क्लब विश्वकपको उपाधि जितेको छ ।

ब्राजिली क्लब फ्लुमिनेन्सलाई हराउँदै इङ्लिस क्लब सिटीले पहिलो पटक प्रतियोगिताको उपाधि जितेको हो ।

शुक्रबार साउदी अरेबियामा म्यानचेस्टर सिटीले फाइनलमा ब्राजिली क्लबमाथि ४–० को शानदार जित निकालेको हो ।
सिटीको जितमा जुलियर अल्भारेजले दुई गोल गरे । फिल फोडेनले एक गोल थपे । मोटा फिल्होको आत्मघाति एक गोल सिटीले उपहार पाएको थियो ।

खेलमा अग्रता सिटीले खेलको पहिलो मिनेटमै अल्भारेजको गोलमा लिएको थियो । फिल्होले २७ औं मिनेटमा आत्मघाति गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको थियो ।

पहिलो हाफमा २–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

फोडेनले ७२ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरेर । खेल सकिन दुई मिनेटअघि अल्भारेजले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–० को शानदार जित दिलाए ।

क्लब विश्वकप उचाल्ने सिटी चौथों इङ्लिस क्लब बनेको हो । यसअघि म्यानचेस्टर युनाईटेड, चेल्सी र लिभरपुलले यो सफलता हासिल गरेका छन् । एकै वर्ष प्रमुख ५ उपाधि सिटीले हात पारेको छ ।

प्रिमियर लिग सहित एफ ए कप र च्याम्पियन्स लिग गरि ट्रेबल उपाधि सिटीले जितेको थियो । अगष्टमा सिटीले यूईएफए सुपर कपको उपाधि समेत जित्यो ।

सिटी एकै वर्षको क्यालेन्डरमा प्रमुख ५ उपाधि जित्ने पहिलो इङ्लिस क्लब बनेको छ ।

युरोपियन च्याम्पियन सिटी र दक्षिण अमेरिकी च्याम्पियन फ्लुमिनेन्सले क्लब विश्वकपको फाइनलमा भेट भएका हुन् ।

प्रकाशित : 23 December, 2023

प्रतिक्रिया दिनुहोस्