राष्ट्रिय युवासंघको विशेष प्रदेश अधिवेशन सम्पन्न

सहयात्रा टिभी

काठमाडौं । पुस ८, राष्ट्रिय युवासंघ नेपाल विशेष प्रदेशको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुजन घिमिरेको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ । घिमिरे यसअघि अधिवेशन आयोजक कमिटीका संयोजक थिए ।

अधिवेशनले उपाध्यक्षमा अमित मगर, सचिवमा रोमन काफ्ले सहसचिवमा सनम सिंह ठकुरी, सहसचिवमा रवीन्द्र गौतमलाई निर्वाचित गरेको छ । प्रथम अधिवेशनले कोषाध्यक्षमा मदनप्रकाश कटुवाललाई निर्वाचित गरेको युवासंघका प्रवक्ता निरोज पौडेलले बताए ।

अधिवेशनको उद्घाटन पार्टी उपमहासचिव प्रदीप ज्ञवाली ले गरेका थिए । उद्घाटन सत्रमा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, युवासंघ पूर्व अध्यक्ष तथा पूर्व मन्त्री महेश बस्नेत युवासंघ का अध्यक्ष क्षितिज थेबे,महासचिव सुमन पुरी,डिल्ली लिंदेन लगायतका नेताहरूले अधिवेशनको शुभकामना मन्तव्य दिए ।

प्रकाशित : 24 December, 2023

प्रतिक्रिया दिनुहोस्