पोखरामा कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

सहयात्रा टिभी

पोखरा । पुस १०, पोखरामा कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ प्रस्याङमा बा १३ च ३७२१ नं।को कारले गए राती पैदलयात्रीलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कारको ठक्करबाट बागलुङका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । ठक्कर दिने कारलाई नियन्त्रणमा लिइएको र कार चालक फरार रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको उपचारको क्रममा गण्डकी अस्पतालमा मृत्यु हो ।

प्रकाशित : 26 December, 2023

प्रतिक्रिया दिनुहोस्