आगो ताप्ने क्रममा जलेर कैलालीमा एक ज्येष्ठ नागरिकको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । पुस १०, कैलालीमा आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले घरको आगनमा बालेको आगो ताप्ने क्रममा सोमबार बिहान जलेर बडुवालको मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार घटनाबारे इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित : 26 December, 2023

प्रतिक्रिया दिनुहोस्