क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । पुस ११, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको हो ।
गत आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएपछि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले आज उक्त मुद्दाको न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ। आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।
आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए। बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको थियो । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने उल्लेख छ ।