बिजुली काटिएका उद्योगमा कार्यरत मजदुरहरुको रोजगारी संकटमा
सहयात्रा टिभी
काठमाडौँ । पुस ११, नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगमा कार्यरत मजदुरहरुले रोजगारी संकटमा परेको बताएका छन् ।
उनीहरुले आज विरोध प्रदर्शन गर्दै इलाका प्रशासन कार्यालय सिमरामा ध्यानाकर्षण पत्र बुझाउँदै ६ हजारभन्दा बढी मजदुरहरुको रोजगारीमा प्रत्यक्ष असर परेको बताएका हुन् ।
त्यसको विरोधमा मजदुरहरुले कालो ब्यानर र प्लेकार्डसहित बुधबार प्रदर्शन गरे । उनीहरु जुलुससहित इलाका प्रशासन कार्यालय सिमरामा पुगेर ध्यानाकर्षण पत्र बुझाए ।
उनीहरुले रोजगारीको ग्यारेन्टी गर, श्रमिकको अधिकार सुनिश्चित गर, बन्द उद्योग खुला गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।