बहुपहिचानमा आधारित निर्णय गरेपछि सचिव राई बैठकमा सहभागी हुने

काठमाडौँ । पुस ११, प्रदेश कमिटीबाट बहुपहिचानमा आधारित प्रदेशको नाम राख्ने निर्णय गरेपछि नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राई पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन् ।
‘प्रदेश कमिटीले बहुपहिचानमा जाने निर्णय गरेको छ, अब केन्द्रीय कमिटी बैठकमा जान्छु’, राईले भने । एकीकृत समाजवादीको प्रदेश कमिटीले बहुपहिचानमा आधारित नामाकरण राख्ने निर्णय शुक्रबार गरेको उनले बताए ।
‘प्रदेश कमिटीले निर्णय गरिसकेको छ, अब यो कुरा केन्द्रीय कमिटीमा राख्न दिने भन्ने भएको छ’ राईले भने, ‘प्रदेश संसदको कामले ढिला भए पनि आज म केन्द्रीय कमिटी बैठकमा जान्छु ।’
प्रदेशको नाम कोशी राख्दा केन्द्रीय नेताहरुको असहमतिबीच प्रदेश संसदीय दलका नेता राईले फरक प्रस्ताव राखेका थिए ।