दार्चुलामा आगोमा जलेर चार महिने शिशुको मृत्यु

सहयात्रा टिभी

कैलाली । पुस १२, दार्चुलामा आगोमा जलेर चार महिने शिशुको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–३ होपरीगाडका रणवीर टमटाको घरमा आगलागी हुँदा जलेर ४ महिने शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आज बुधवार बेलुकी साढे ७ बजेतिर विद्युत् सर्ट भएर रणवीर टमटका छोरा विजय प्रकाश टमटाको जलेर मृत्यु जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए । बिजुलीको तर सर्ट भएर दुई तले घरमा आगो लागेको । आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेका नष्ट भएको प्रहरीले जनाएको छ ।

घरका सबै सदस्य तल र शिशु मात्रै माथिल्लो तलामा रहेको अवस्थामा आगो लागेको हुँदा शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आउँदा सम्म शिशु पुरै शरीर जलेर नष्ट भएको र टाउको मात्रै पाइएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।

प्रकाशित : 28 December, 2023

प्रतिक्रिया दिनुहोस्