सहकारी घोटाला सम्बन्धी मुद्दामा बाँकेमा १९ जना दोषी ठहर

सहयात्रा टिभी

काठमाडौँ । पुस १२, नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम घोटाला सम्बन्धी मुद्दामा बाँके जिल्ला अदालतले १९ जनालाई दोषी ठहर गरेको छ ।

बचतकर्ताहरुको ३८ करोड १७ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा सहकारी बित्तिय विकास संस्थाका अध्यक्ष, संचालक समितिका सदस्य, कर्मचारी सहित ४१ जनाका विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय बाकेले २०७६ असोज २८ गते सहकारी ऐन, ठगी र संगठित अपराधको कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो ।

करिब ४ वर्षपछि बुधबार बाँके जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले ४१ जना प्रतिवादी मध्ये १९ जनामाथि कसुर ठहर गरेको हो ।

अदालतका श्रेस्तेदार सरोजनिधि वाग्लेका अनुसार कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारीहरु रहेका छन् ।

सहकारी बन्द भए पछि ११ हजार ४ सय ८ जना बचतकर्ताहरु जम्मा गरेको रकम फिर्ताका लागि सडक आन्दोलन देखि प्रहरी प्रशासन र हुदै प्रधानमन्त्रीलाई भेटेर आफ्ना गुनासाहरु सुनाएका पनि समस्या समाधान नभए पछि पिडितहरुले जिल्ला अदालत बाकेमा मुद्दा दायर गरेका थिए ।

सहकारी घोटालामा संलग्न ४१ जना अभियुक्त जिल्ला अदालत बाकेको थुनछेक आदेशबाट ठगी गरेको अभियोगमा ७ जना पुरपक्षका लागि कारागारमा चलान भएका थिए । ।

अदालतको थुनछेक आदेशबाट सहकारीका कर्जा शाखाका प्रमुख गौरब श्रेष्ठ, प्रमुख प्रबन्धक गोपाल भन्डारी, कर्जा सहायक अरुण पाठक, प्रबन्धक गंगाधर सुबेदी, खजुरा शाखाका प्रबन्धक सुरज बिक र सहकारीका कर्मचारीहरु शारदा थापा र बलराम यादव कारागारमा छन ।

बैकका सञ्चालक र कर्मचारीहरु मिलेर १० बर्षदेखि नक्कली कागजपत्र बनाएर नेपालगञ्जको सहकारी वित्तीय विकास संस्थाका सञ्चालक, कर्मचारी र लेखा परिक्षक गरी ४१ जनाको मिलेमतोमा बचतकर्ताहरुले जम्मा गरेको रकम अपचलन र ठगी गर्दै आएका थिए ।

अदालतको आदेशबाट सम्पत्ती रोक्का गरी कारागारमा चलान भएका ब्यक्तिहरुले पनि अनेकौ जालझेल गरेर रोक्का भएको सम्पत्ती समेत बिक्री गरेका कारण बचतकर्ताहरुको रकम जोखिममा परेको छ ।

 

प्रकाशित : 28 December, 2023

प्रतिक्रिया दिनुहोस्