राष्ट्रिय सभा निर्वाचनका लागि अभिनेता नीर शाहको नाम सिफारिस

सहयात्रा टिभी

काठमाडौँ । पुस १२, राष्ट्रिय सभा निवाचनका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस भएको छ ।

नेपाली काँग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए । अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् ।

शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।

 

प्रकाशित : 28 December, 2023

प्रतिक्रिया दिनुहोस्