साताको अन्तिम दिन पनि शेयर बजारमा गिरावट
सहयात्रा टिभी
काठमाडौँ । पुस १२, साताको अन्तिम कारोबारका दिन पनि शेयर बजारमा गिरावट आएको छ । समग्र बजार घट्दा ७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० बिन्दुमा कायम भएको छ । यसदिन बजारमा १ करोड १६ लाख ५८ हजार ११० किक्ता सेयको खरिदबिक्री हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल १४ करोड ३८ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।