मेयर हर्कले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

सहयात्रा टिभी

काठमाडौँ । पुस १२, धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राखेका छन।

केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर कार्यकक्षबाट हटाएका हुन्।

मेयर साम्पाङले हिजो मात्रै केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राख्ने भनेर सामाजिक सन्जालमा राखेका थिए।

पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले रोष प्रकट गरिरहेका छन्।

 

प्रकाशित : 28 December, 2023

प्रतिक्रिया दिनुहोस्