प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । पुस १२, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक रहेको भन्दै प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने घोषणा गरेका छन् ।
एकवर्षे अनुभवले आफूलाई हेरफेरको आवश्यकता महसुस भएको उनले बताएका छन् । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी घटाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनम) स्वीकृत गर्दै दरबन्दी घटाउने निर्णय गरेको हो।
प्रधानमन्त्रीले संरचना बदल्ने प्रक्रियाबारे विस्तृत नबताए पनि गृहकार्य भइरहेको बताए ।
प्रधानमन्त्रीले आफ्नो कार्यालयसँगै सचिवालयमा पनि उल्लेख्य हेरफेर गर्ने संकेत दिए । प्रधानमन्त्री कार्यालयमा हाल २३४ जना कर्मचारी छन्।