सरकारले गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३६५० निर्धारण
सहयात्रा टिभी
काठमाडौँ । पुस १२, सरकारले यस वर्षका लागि गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३६५० निर्धारण गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गहुँको समर्थन मूल्य निर्धारण गरेको मन्त्री रेखा शर्माले जानकारी दिइन् । यो मूल्य गत वर्षको भन्दा प्रतिकिलो ३ रुपैयाँ बढी हो ।
गत वर्ष सरकारले फागुनमा गहुँको समर्थन मूल्य तोक्न प्रतिक्वीन्टल ३ हजार ३५१ रुपैयाँ तोकेको थियो ।