आज सुनको भाउ घटेर रेकर्ड बनायो
सहयात्रा टिभी
काठमाडौं । पुस १३, सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।
आज भाउ घटेर तोलाको एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो बिहीवार एक हजार तीन सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २२ हजार रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । ३५ रुपैयाँले घटेर चाँदी आज तोलाको एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।