बालकुमारीमा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते

काठमाडौं । पुस १३, ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् ।
एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि प्रदर्शनकारीहरुले आगजनी गरे ।