तीनै तहको सरकारलाई प्रभावकारी बनाउन राष्ट्रिय सहमति जुटाऊनुपर्ने निष्कर्ष

सहयात्रा टिभी

काठमाडौं । पुस १३, सात प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

यसका लागि नियमित छलफल गर्ने संयन्त्र विकास गरी राष्ट्रिय सहमति सहितको साझा धारणा निर्माणमा पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

हेटौंडामा भएको भेलाले नौबुँदे साझापत्र तयार पारेको छ, जुन भोलि शनिबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने उनीहरुले बताएका छन् ।

 

 

प्रकाशित : 29 December, 2023

प्रतिक्रिया दिनुहोस्