अधिकार माग्दै सातै प्रदेशका मुख्यमन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

सहयात्रा टिभी

काठमाडौं । पुस १४, संविधानबमोजिम प्रदेश सरकारलाई अधिकार दिन माग राखिरहेका सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका छन्।

आज (शनिबार) बिहान बालुवाटार पुगेका उनीहरुले संघीयता कार्यान्यन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

संघीयताको प्रावधानअनुरूप केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगरेको भन्दै एकताबद्ध भएका सातै प्रदेशका मुख्यमन्त्रीले शुक्रबार हेटौँडामा भेला भई छलफल गरेका थिए।

त्यसपछि आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले यस विषयमा प्रधानमन्त्रीको प्रचण्डलाई पत्र दिँदै ध्यानाकर्षणपत्र बुझाएका हुन्।

शुक्रबारको बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकारलाई नै जोड दिएको थियो ।

गत असार १५–१६ गते पोखरामै तय भएको साझा अवधारणा र निर्णयलाई निरन्तरता दिँदै मुख्यमन्त्रीहरको हेटौंडा बैठक सकिएको थियो ।

उनीहरुले प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नसकेको र अर्कोतर्फ साझा अधिकार सूचीका तहगत कार्यविस्तृतीकरण नहुँदा पनि काम गर्न नसकिएको निष्कर्ष निकालेका थिए ।

प्रकाशित : 30 December, 2023

प्रतिक्रिया दिनुहोस्