गायक राजनराज शिवाकोटी दोलखा महोत्सवमा प्रस्तुति दिँदै
काठमाडौँ । पुस १५, सङ्गीतकार तथा गीतकार राजनराज शिवाकोटी दोलखाली छोरा हुन् । उनले सुर्के थैली कुटुमा कुटु र फुलबुट्टे साडी जस्ता इतिहास रच्ने गीत नेपाली समाजमा दिएका छन् ।
यी तीन गीतले नेपालकै गीत सङ्गीतमा नयाँ इतिहास रच्ने काम गरेको छ । सुर्के थैली नेपालकै पहिलो पटक युट्युबमा एक करोड पुगेको गीत हो । एक करोड भ्यूज पुगेपछि कान्तिपुरले सेलिब्रेशन गरेको थियो । नेपालमै सबैभन्दा धेरै हेरिएको गीतमा उनको गीत पर्छ । अर्को गीत कुटुमा कुटु संसारभर करिब २० करोड भ्यूज भएको छ ।
फुलबुट्टे साडी पाँच भर्सनमा हिट भएको गीत हो । पाँचै भर्सन मध्यै एउटाको १० करोड, अर्काको ३ करोड पुग्दै छ । अर्को भर्सनको २ करोड, अर्को १ करोड पुग्यो भने एक करोड भ्यूज पुग्ने वाला छ । यसरी फुलबुट्टे साडीले नयाँ रेकर्ड राखेको छ । यी सबै गीतमा राजनराज शिवाकोटी कै स्वर सङ्गीत र रचना रहेका छन् ।
यिनै लोकप्रिय गायक राजनराज शिवाकोटीले गृह जिल्ला दोलखामा प्रस्तुति दिने भएका छन् । उनी पूर्वको विराटनगरमा हिजो आज बर्दिबास हुँदै भोली गृह जिल्ला दोलखामा कार्यक्रम गर्दै छन् । दोलखा महोत्सवमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन उनले भोलि १६ गते प्रस्तुति दिने भएका हुन् । दोलखा महोत्सवको प्रमुख आकर्षकको रूपमा उनको शो रहेको छ ।
उनको गृह जिल्लामा कार्यक्रम गर्न पाउँदा आफू उत्साहित रहेको बताए । उनले भने,’ गृह जिल्लामा मेरो विशेष शो रहनेछ । अहिलेसम्म गृह जिल्लामा राम्रोसँग कार्यक्रम गर्न पाएको छैन । त्यसैले २०२४ को पहिलो दिन ‘लक्कीली’ आफ्नै जिल्लामा बसेर कार्यक्रम गर्न पाइयो भनेर खुसीको कुरा भयो । जिल्लावासीलाई आफ्नो गीत सुनाउन पाइने भयो । पहिले पहिले त्यति धेरै कार्यक्रममा सहभागी हुन पाइएन । यसपालि चाहिँ अलि बढी उत्साहित छु ।’
उनले दोलखा कै लागि विशेष गीत पनि बनाएका छन् । दोलखा जिल्लालाई नै समेटेर ‘प्रकृतिको उपहार हो मेरो दोलखा’ छ । महोत्सवको उद्घाटनमा पनि उनको उक्त गीतबाट भएको थियो । पुस १३ बाट सञ्चालन भएको दोलखा महोत्सव २३ गते सम्पन्न हुँदैछ ।