बालकुमारी घटनाको विषयमा प्रधानमन्त्रीद्धारा छलफल गर्दै

सहयात्रा टिभी

काठमाडौं । पुस १५, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको विषयमा सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् ।

छलफल आइतबार दिउँसो २ बजे बालुवाटारमा आयोजना गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । गत शुक्रबार कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो ।

पानीजहाज बनाउने कामका लागि भाषा परीक्षामा सहभागी भएका र अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । सोही आन्दोलनमा प्रहरीले गोली चलाएको थियो ।

 

प्रकाशित : 31 December, 2023

प्रतिक्रिया दिनुहोस्