केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वास्थ्यमन्त्री बस्नेतद्धारा गेटामा ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने

सहयात्रा टिभी

काठमाडौं । पुस १५, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने र त्यसपछि मात्र मेडिकल विश्वविद्यालयको प्रक्रिया अघि बढाउने बताएका छन् ।

आइतबार गेटा मेडिकल कलेजको स्थलगत निरीक्षणमा आएका उनले पहिले ३०० शय्याको अस्पताल सञ्चालन गर्ने बताए । अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव रहेको उनको भनाइ थियो ।

मन्त्री बस्नेतले सुदूरपश्चिम प्रदेशमा चिकित्सक आउन नमान्ने हुनाले जनशक्ति व्यवस्थापन गर्न कठिन भएको पनि बताए । कर्णाली प्रदेशमा तलबका अतिरिक्त भत्ता पाउने भएकाले चिकित्सक जान तयार भएपनि सुदूरपश्चिम आउन नमान्ने गरेको उनको भनाइ थियो ।

गेटामा मेडिकल कलेज सञ्चालन भएपछि जनशक्ति उत्पादनमा भूमिका खेल्ने विश्वास मन्त्री बस्नेतले व्यक्त गरेका छन् ।

प्रकाशित : 31 December, 2023

प्रतिक्रिया दिनुहोस्